तिन दिन भोकै हिडेर नवलपसारी, पैसा र मोबाईल लुटियो


परासी, चैत्र २२ ।
काठमान्डौं बाट पैदल हिडेका ३१ जना कामदारहरु लाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले पहल गरी घर सम्म पठाएको छ । हिजो दिउसो भुमहि चोक बाट गाडिको पास बनाएर बसमा उनिहरुलाई घर पठाईएको हो ।

काठमान्डौं नजिकै रहेको टोखा नगरपालिका २ पञ्चेनगरमा पल्टीङ्ग (वाल बनाउने) को काम गर्दै आएको ३१ जना कामदारहरु लक डाउनले अलपत्र परेपछि पैदल घर हिडेका हुन । चैत्र ११ गते घोष्ण गरीएको लक डाउनमा उनिहरु पञ्चेनगर मै बसिरहेका थिए पछि फेरी थाप भएको समयमा उनिहरुलाई खानलाई दैनिक उपभोग्य समान सिधिएपछि घर हिडेका रहेछन् । उनिहरु लाई काममा लगेको साहुले लक डाउनपछि अलपत्र पारे गएपछि बाध्य भएर त्यहाँ बाट हिडेका थिए । खाने चामल, दाल, तरकारी र पानी समेत नभएपछि हामि त्यहाँ बाट हिड्न बाध्य भएको बाँके राप्ती सुनारी ४ बैजापुरका रोशन चौधरीले बताएका छन् । चौधरीले “पानी त नपाए पछि खाल्डो खनि जमेको पानीलाई छानेर खादै बस्नु परेको” बताएका छन् । पञ्चेनगर कै छिमेकिहरु ले नगरपालिकाले पास बनाई दिएर जान मिल्ने भनेपछि हामि नगरपालिकाले बनाएको पास लिएर गाडिमा हिडेको चौधरीले भने तर टोखा नगरपालिका क्षेत्र मै पर्ने प्रहरी विटले हाम्रो गाडिलाई रोकेर यो पासमा जान मिल्दैन भनि हामिलाई फेरी त्यही ठाँउमा फर्कायो । प्रहरीले जिल्ला प्रशासनको पासमा मात्रै जान मिल्ने भनेपछि दुई दिन जिल्ला प्रशासन पनि दौडियो तर सुनवाई भएन । यसरी हामि भोकै मर्न थालेपछि प्रहरीलाई छल्दै पैदल त्यहाँ बाट हिडेको चौधरीले भनेका हुन् ।

उनिहरु दिनरात हिडेर पश्चिम नवलपरासीको बर्दघाट हुँदै भुमही आईपुगेका थिए । पानी पर्दा समेत लुक्ने ओत नहुँदा पनि पानीमा हिड्नु परेको रोशन चौधरीले भनेका हुन । विच बाटोमा आएर उनिहरुको पैसा र मोबाईलहरु पनि लुटिएको चौधरीले भनेका छन् । नरायणगढ पुलपारी पिके आयल पम्प नजिकै उनिहरुलाई केटाहरु को समुहले लुटेको चौधरीले भनेका छन् । त्यसपछि उनिहरु प्रहरीलाई जानकारी गराए पनि यस्तो अहिले हुन्छ तिमिहरु जाँउ यहाँ बाट प्रहरीले भनेको चौधरीले बताएका छन् । हिड्दै जंगलमा आईपुग्दा बाटोमा आर्को प्रहरी, नेपाली शेना की शशस्त्र प्रहरी छुट्याउन सकेनौं तर उहाँहरुले गाडि रोकेर बर्दघाट सम्म छोड्न भनेपछि हामि भुमहि सम्म आईपुगेको चौधरीले भनेका छन् । भुमही सम्म आईपुग्दा सम्म हिड्ने अवस्था नभए पछि डियुटि मै रहेका प्रहरी सहायक निरीक्षक जिवन आर्चायले पानी, बिस्कुट र चाउचाउ किनेर खान दिएका थिए ।

यसरी कोरोना भाईरस कै रिर्पोटिङ्गमा निस्केका पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा उनिहरुलाई भेटेका थिए । कसरी किन यहाँ सम्म हिड्दै आईपुगेको सोधेपछि उनिहरु आफ्नो व्यथा सुनाउन थालेपछि उनिहररु लाई घर जानको लागि गाडि र पासको व्यवस्था मिलाउन उद्योग बाणिज्य महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीलाई भनेको अध्यक्ष शर्माले भन्नु भएको छ ।

यसै विच बाणिज्यका अध्यक्ष केशव भण्डारीले प्रमुख जिल्ला अधिकारी बासुदेव दहललाई भनेर पास बनाउन भनेका थिए । तर त्यति जनालाई कसरी, किन, कहाँ ? बाट आएको भनेर म जवाफ दिन पर्छ भनि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा कुरा गर्नुपर्छ भनेर मन्त्रालयमा सोधेका थिए । पछि गृहमन्त्रालयले भनेर पास बनाएर उनिहरुलाई आफ्नो घर बाँके जिल्ला पठाएको भण्डारी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *