तस्करीको समान भन्दै शसस्त्र प्रहरीले कुटे महिला

परासी,बैशाख २० । नवलपरासीमा शसस्त्र प्रहरीले महिला लाई तस्करीको समान भन्दै कुटेका छन् । कुटपिट बाट घाईते भएकी महिला लाई नेपाल प्रहरीले उद्धार गरी जिल्लाको पृथ्वीचन्द्र अस्पताल पु¥याएको छ ।

घरायसी सामान प्रयोजनका लागि ल्याइरहेकी ति महिला लाई शसस्त्र प्रहरी बल नेपाल नं. ३८ हेडक्वाटर ( राजश्व तथा भन्सार सुरक्षा गस्ती सुरक्षा) रुपन्देहीले कुटेको छ । नवलपरासीको सिमाबजार संगै जोडिएको भारतको ठुठिबारीबजार बाट घरायसी प्रयोजनका लागि लत्ताकपडा र अन्य सामाग्रीहरु सहित ति दुई महिलाहरु र अन्य ६ जना आटो रिक्साम आईरहेका थिए । त्यसैविच गुल्मबाट खटिएका नायब उपरीक्षक गोबिन्द खाती र निरीक्षक सुरज रिजाल नेतृत्वको राजश्व टोली गस्तीका क्रममा नवलपरासीको उजैनी भन्ने ठाउँमा पुगे जाँह ति महिलाहरु संग भेट भयो । रातको करिब ९ बजे उजैनी चोकमा भेटभएपछि प्रहरीले महिलाहरु लाई सोधपुछ गर्दै महिलाहरु तस्करीको समान भन्दै कुटेका हुन । रुपन्देही जिल्ला बुटवल उपमहाननगरपालिकाका विभिन्न टोलमा बस्ने हुन् तर कुटपिट गरेकामध्ये सबैभन्दा बढी चोट डबाहा बस्ने ३५ वर्षीया वसन्ता थापा, र जोगिकुटी बस्ने ४५ वर्षीया दुर्गा पोखरेललाई लागेको छ ।
कुटाई खाएपछि महिलाहरु निलडाम सहति जिल्ला प्रहरी कार्यालय नवलपरासी पुगेका थिए । घाईते भएका पीडित ति महिलाहरु शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका थिए । उनिहरुले हामि माथि चेकजाँचको बहानामा निर्घात कुटपिट भएको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । प्रहरीको कुटाई बाट उनीहरुको खुट्टा, हात, पिठ्यूलगायतका भागमा निल डाम परेको छ । कुटपिट गरेकामध्ये सबैभन्दा बढी चोट डबाहा बस्ने ३५ वर्षीया वसन्ता थापा, र जोगिकुटी बस्ने ४५ वर्षीया दुर्गा पोखरेललाई लागेको छ । दुई जनामध्ये वसन्ताको कानको जाली फुट्ने गरी बुट र मुक्काले प्रहार गरेको महिलाहरुले बताए । जिल्ला प्रहरी कार्यालयमा पुगेकी वसन्ताले रुदै भनिन्‘ मुक्का प्रहारका कारण मैले हिजोदेखि कान कम सुन्न थालेकी छु । हात नचलेपछि भाँचिएको आशंकामा एक्सरे गरे । धन्न हात भाँचिएको रहेन छ । उनले भक्कानिदैं भनिन् ।

शसस्त्र प्रहरीले कुटपिट गर्दा महिलाहरु ले हारगुहार गरी बचाउनको लागि स्थानिय संग सहयोग मागिरहेका थिए तर सुनसान भएको त्यो ठाँउमा कसैले सुनेन् । यसैविच प्रहरीको १०० नंम्बरमा ति महिलाहरुले फोन गरे र तत्काल प्रहरीको टोली आएर पृथ्वीचन्द्र अस्पतालमा पु¥याइएको महिलाहरुले बताए । चेकजाँच गर्ने क्रममा कुर्तासुर्वालसहित अन्य थानका कपडाहरु देखेपछि राजश्व गस्ती टोलीले भन्सार मागेको थियो । भन्सार नभएको बताएपछि प्रहरीले एक्कासी कुटपिट गर्न थालेको महिलाहरुको भनाई छ । ‘ भन्सार छैन भनेपछि हामीसँग २० हजार मागे । रकम छैन भनेपछि बुट र लठीले हान्न थाले । ’महिलाहरुले एकै स्वरमा भने । घरायसी सामान भएकाले भन्सार लाग्दैन भनेर त्यसै आयौं बीचमा कसैले रोकेर भन्सार गर्नुपर्छ पनि भनेन त्यसैले सरासर आयौं । ’ उनीहरुको भनाई छ ।

गुल्मका नायब उपरीक्षक खातीले महिलाहरु माथि कुटपिट नगरेको दाबी गरे । भन्सार छलेर ल्याएका सामान बरामद गर्ने क्रममा महिलाहरुले जाथाभावि गालिगलौज गरेर टोलीमाथि जाइलागेपछि सामान्य धकला–धकेल भएको खातीले बताए । ‘हामी मानव अधिकारको संरक्षण गर्ने निकाय त्यसमा पनि म आफैं गएको छु । एउटा झोलाबाट १६ हजार बरामरको सामान बरामद गरिएको हो । बरामद गरिएका सामानमा महिलाले लगाउने टप्स २ सय ७५ थान, ९९ थान सल (चुन्नी) र २० थान पाईण्ट र सर्टका कपडा छन् । जसको मूल्य एकलाख ३० हजार ६ सय रहेको नायब उपरीक्षक खातीले बताए ।
महिलाहरुले रुदैं फोन गरेपछि गाडी पठाएर अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । ‘हामीमाथि निमर्मता पूर्वक कुटपिट गरेर छाडिएको छ भन्दै कन्ट्रोलमा फोन आयो । तत्कालै पुगेर घाईत महिलाहरुलाई अस्पताल पु¥याइएको भट्टले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *