तस्करको नाम शसस्त्रले कुटे वृद्धलाई, ३ अन्य घाईते

परासी, बैशाख १८ ।
पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीले स्थानिय लाई कुटेका छन् । पाल्हीनन्दन गाँउपालिका वडा नं. ५ भगतपुरवाका स्थानियहरु लाई तस्करको बहानामा शसस्त्र प्रहरीले निर्घात कुटाई गरेको छ ।

प्रहरीको लाठि चार्ज बाट ७० वर्षिय वृद्ध र १३ वर्षिय बालक सहित ४ जना घाईते भएका छन् । राति करीब १० बजेको समयमा पसलमा रहेको झुल लिन जाँदा शसस्त्र प्रहरीले कुटेको घाईते १३ वर्षिय अकलेश कहाँरले बताएका छन् । झुल लिन गएकै बेला नेपाल भारत सिमाको भारत बाट बुङ्गुरहरु नेपाल आईरहेको अकलेशले देखेँ । त्यसपछि मोबाईल बाल्दा शसस्त्र प्रहरी बलका प्रहरीहरुले भाई मोबाईल किन बालेको भन्दै मोबाईल खोसेर एक्कासी पिट्न थालेको पीडित अकलेशले बताएका छन् । उनको बाँया हात भाजिएको छ । विना कारण मलाई किन् पिट्नु भएको अकलेश भनेपछि उनलाई प्रहरीले लखेटेको थियो । उनि रुदै घरमा गएपछि उनको हजुर बुवा सहित केटाको अन्य आफ्न्ती पनि घट्ना स्थलमा गएपछि प्रहरीले केहि नभन्दै निर्घात रुपमा कुटेको आर्को पीडित ७० वर्षिय वृद्ध पुर्नवासी कहाँरले बताउनु भएको छ ।

उहाँहरु प्रहरी नजिक पुँग्न नपाँदै प्रहरीले दौडाएर कुटेको ७० वर्षिय वृद्धले भनेका छन् । वृद्धको टाउँको, हात र शरीरिको अन्या भागमा गम्भीर चोट लागेको छ । सिमा नजिकै यि वृद्धको रक्सी पसल रहेको छ । पसलमा केही समानहरु रहेको हुनाले लक डाउन भएपनि दिनँहु त्यहाँ सुत्न जान्थे उनेले भने । एक दिन प्रहरीले यहाँ अब नसुत्नुस भनेपछि नाति( अकलेश) लाई पसलमा रहेको झुल लिन पठाएको र त्यही समयमा शसस्त्र प्रहरी कै मिलोमतोमा भारत बाट बुङ्गुर आएको नातिले देखेपछि प्रहरीले कुटेको वृद्धले भनेका छन् । तस्करहरुले प्रहरी कै मिलोमतोमा दिनँहु रातभरी तस्कर गर्दै आएको वृद्धले बताएका छन् । दिनभरी लक डाउन र राति सिमा खुल्ला गरी तस्करी हुने गरेको उनको भनाई छ । प्रहरी को कुटाई बाट अकलेश कहाँर, पुर्नावासी कहाँर, २४ वर्षिय मुन्ना कहाँर लगायत एक महिला मौला कहाँर पनि घाईते भएकी छिन् । प्रहरीको कुटाई बाट मुन्नाको पिठ्यु, पेट, हात र खुट्टामा चोटपटक लागेको छ ।

यता शसस्त्र प्रहरी २६ नम्बर गणका एससी भारत खनियाले रक्सीको तस्करी गरीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि मानिसहरुको झुन्डा आएर प्रहरी माथि जाईलागेपछि आप्mनो सुरक्षार्थ लाठि चार्ज गरेको दावि गरेका छन् । प्रहरीले एक मोटरसाईल नियन्त्रणमा लिएको खनियाले भन्नु भएको छ । प्रहरीले त्यहाँ अस्थाई पोष्ट बनाए डियुटि गर्दै आएका छन् ।

यस्तै घट्नाको विषयमा विभिन्न राजनितिक दलका नेताहरु आज जिल्ला प्रशासनमा पिडितलाई न्याय दिलाउन प्रमुमख जिल्ला अधिकारी कहाँ पुगेका थिँए । प्रमुख जिल्ला अधिकारी बाँसुदेव दहालले उल्टै पीडितलाई दोष लगाँदै तस्करी गरेपछि कुटाई खाँदैन्न भनेको निवार्तमान समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताएका छन् । लामो समयको छलफल पछि प्रमुख जिल्ला अधिकारी दहालले घट्ना वारे अनुसन्धान गर्ने आशवासन दिनु भएको यादवको भनाई । पीडितले न्याँय नपाएपछि हामि चोक चोकमा प्रहरी विरुद्धको नारा लगाउने यादवले चेतावनि पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *