तराई–मधेसमा आज होली,सद्धभावपुर्ण होली मनाउन प्रहरी प्रशासनकाे आग्रह

परासी, चैत्र ७ ।

समानता र निष्छलताको पर्व होली तराई–मधेसमा बिहीबार हर्षोल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ ।

सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एकआपसमा रंग लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ । होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।

‘होलिका दहन’को दिन राति गाउँ टोलका मानिसहरु परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गर्दछन् । ‘होलिका दहन’ भइसकेपछि होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् । 

तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।

यसै विच जिल्ला प्रशासन कार्यालय नवलवरासी र जिल्ला प्रहरी कार्यालय नवलपरासीले सद्धभावपुर्ण होली मनाउन आग्रह गरेको छ । होली पर्वलाई सभ्य र भव्य बनाउनको लागि कसै संग बलजफ्ती नगर्न भनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्ला भरीको ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु लाई विशेष सुरक्षाका साथ निगरानी गर्न समेत भनेको छ । कसै लाई मनविपरीत रंङ्ग दल्ने, अभद्र व्यवहार गर्ने र विना हेलिमेट तथा कागज पत्र नबोकी हिड्ने लाई कार्यावाही समेत गर्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *