ट्रक र एनसेल टावरमा आग्जनि गर्ने विपल्व कार्यकर्ता पक्राउ


परासी, पुष २५ । पश्चिम नलवपरासीको एक विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । २ वटा ट्रक र एक एनसेल टावरमा आग्जनि गरेको अरोपमा बर्दघाट ईप्रका टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।


विपल्व समुहका जिल्ला कमिटि सदस्य वर्दघाट नगरपालिका ४ बस्ने मोहन सापकोटालाई प्रहरीले आज पक्राउ गरेको छ । २०७५ साल फागुन २९ गतेका दिन राजमार्ग स्थित तुलसीपुरमा रोकीरहेको २ वटा ट्रकमा आग्जनि र २०७६ साल साउन १६ गते धनेवा स्थित एनसेलको टावरमा बम विष्फोट गराएको अरोपमा बर्दघाट ईलाका प्रहरीले पक्राउ गरेको हो ।

आजै प्रहरीले सापकोटालाई घर नजिकै बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानको पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *