संजय कुशवाहा, बेलाटारी, माघ ७ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका भित्र रहेको ज्ञान ज्योति प्राथमिक विद्यालयमा अगामि शैक्षिक शत्रबाट अंग्रेजी माध्यम बाट कक्षा सञ्चालन गर्ने तयारी भईरहेको छ । आज एक कार्यक्रमको विचमा अभिभावक, बालबालिका, शिक्षक र सरोकारवाला विचहरुको अन्तरक्रियाले यस्तो निर्णय गरेको छ ।
प्रतापपुर गाउपालिकाको वडा नं. ९ मा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालयका विद्यार्थिहरु र अभिवाभकको चाहनाले सरोकारवाला हरु विच छलफल गरी यस्तो निर्णय गरीएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुधनाथ कोईरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एव प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै ग्रामिण क्षेत्रका विद्यालयहरु मा पनि अंग्रेजी माध्यम बाट पढाई शुरु गर्नु आवश्यक भएको बताउनु भएको छ । खास गरेर ग्रामिण्म क्षेत्रका सरकारी विद्यालयहरु का विद्यार्थिहरु अंग्रेजीमा अलि कमजोर भएको पाईन्छ ।

यसरी अंग्रेजी माध्यम बाटै पढाई शुरु भएपछि अंग्रेजीमा सुधार हुन सक्ने उहाँले भन्नु भयो । अध्यक्ष शर्माले शिक्षा क्षेत्रको बारेमा स्थानीय सरकार सक्रिय रूपमा लागेको बताउनु भयो । ज्ञान ज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरू लाई अंग्रेजी माध्यम संचालन गर्नको लागि नर्सरी देखि एल. के. जि. सम्म गाँउपालिका बाट निशेल्क किताब र झोला दिने बताउनु भयो । यस्तै विद्यालयलाई एक कम्प्युटर सेट पनि दिने उहाँले भन्नु भयो । अंग्रेजी माध्यम सञ्चलन गरीरँहदा शिक्षक आवश्यक परेको समयमा २ शिक्षकहरुको लागि गाँउपालिका स्वंयमले व्यवस्था मिलाईदिने उहाँले भन्नु भयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप(प्राध्यापक बलवन्त कुर्मीले मनैले चाहे अवश्य गर्न सकिन्छ भन्ने ध्येयका साथ निःशूलक अंग्रेजी शिक्षा अबको आवश्यकता भन्ने कुरामा जोड दिनु भएको थियो । अहिलेको अवस्थामा बालबालिकाहरू लाई शिक्षामा बढि जोड दिनु पर्ने उहाँको भनाई थियो । बालबालिकाहरू को शिक्षाको लागि शिक्षक ,अभिभावक ,स्थानीय निकाय लगायत सम्पुर्ण अगुवा व्यक्तिहरूको सहयोग अति आवश्यक रहेको उहाँले भन्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राज किशोर गुप्ताले विद्यालयको हालसम्मको शैक्षिक, आर्थिक र भौतिक अवस्था बारे जानकारी गराउँदै विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा गणेश माध्यमिक विद्यालय बसहियाका प्रधानाध्यापक अभिनन्दन सिंह ,खिरी नारायण चौधरी ,अनिरूद्ध यादव ,हेमन्त प्रसाद चौधरी , शिक्षक , बालबालिका ,अभिभावक लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालयको शिक्षिका जूना घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका शान्ति थनेतले दिनुभएको थियो ।