जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न

परासी, माघ ७ ।
पश्चिम नवलपरासीमा डि.एफ.आई.डि का पार्टनरहरू काे जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएकाे छ । आज पाल्हीनन्दनमा डि.एफ.आई.डि.-पिसियुको अायाेजनामा साे बैठक सम्पन्न गरीएकाे हाे ।

पश्चिम नवलपरासीमा डि.एफ.आई.डि. पार्टनरहरू द्धारा सञ्चालित विभिन्न परीयोजनाका प्रतिनिधिहरुको बैठकमा सहभागिता रहेको थियो । लैङ्गिक हिंसा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका परीयोजनाका कर्मचारी एवं प्रतिनिधिहरु लाई डि.एफ.आई.डि.-पिसियुले बैठकमा सहभागि गराएको थियो । डि.एफ.आई.डि. पार्टनरहरू अन्तर्गत का सञ्चालित विभिन्न परीयोजना लाई एक साथ सहकार्य गराउनको लागि याे बैठक गरीएको थियो । परीयोजनाहरु ले कसरी कार्य गरीरहेको छ चुनौतिहरु के के छन् ? भन्ने विषयमा छलफल भएको थियो । यस्तै स्थानिय तहमा कसरी सहकार्य रहेको र प्रत्यक्ष सरोकार को को संग भईहरको भन्ने वारे पहिचान समेत गरीएको थियो ।


पश्चिम नवलपरासीमा भि.एस.ओ. नेपाल, इन्टर नेशनल अर्लट, युकेड र माहुरी होम द्धारा सहज परीयोजना सञ्चालित रहेको छ भने यस्तै एम.एस.आई. अन्तर्गत स्वास्थ्य क्षेत्र तथा परीवार नियोजन सम्बन्धि कार्यक्रमहरु सञ्चालित रहेको छ । गोष्ठीमा डि. एफ. आई. डि.-पिसियु का सन्तोष खतिवडा, सुमित्रा थारु र रिचा साई , यस्तै भि.एस.ओ. नेपालका फिरोज सिद्धिकि, युनाेपस का गजेन्द्र राइ, एम.एस.आई. का अन्नु घिमिरे र सहज परीयोजनाका रमेश चौहान, अनिल यादव लगायतको बैठकमा सहभागिता रहेको थियो । आउने दिनहरुमा एक आपसमा सहकार्य गरी कार्यक्रमहरु गर्ने र आवश्यक भएको समय सहयोग समेत गर्ने भन्ने वारे बैठकमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *