जघन्य अपराधका आरोपी बाहेकका बन्दीलाई जेलमुक्त गर्ने सरकारकाे तयारी

काठमाडौं चैत्र ८ । सरकारले जघन्य अपराधका आरोपी बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो । कैदीबन्दी रिहाका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग छलफल गरेको छ ।

गम्भीर अपराध बाहेक लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल भएको हो ।

गृहमन्त्रालयले प्रचलित कानूनबमोजिम दिन सकिने सहूलियत वा छुट दिनेबारे परामर्श थालेको छ । जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *