जग्गा किर्ते गर्नेलाई ३७ लाख धरौटी जरीवाना


परासी, चैत्र १९ ।
पश्चिम नवलपरासीमा जग्गा किर्ते गर्ने एकजना लाई जिल्ला अदालत नवलपरासीले ३७ लाख धरौटी जरीवाना लगाएको छ । अरुको नाममा रहेको जग्गा लाई किर्ते गर्न खोजेको प्रहरीले जानरकारी पाएपछि नियन्त्रणमा लिएको थियो ।

नवलपरासीको रामग्राम नगरपालिका ५ भुवनेश्वर अग्रवालको नाममा रहेको २ विग्हा १८ कठ्ठा जग्गा लाई बर्दियाको ताराताल घर भई हाल पोखरा महानगरपालिका १७ विरौटामा बस्ने प्रकाश सुनारले किर्ते गरी आफ्नो नाम गर्न खोजेका थिए । रामग्राम नगरपालिकाको साविक जमुवाड गाविस ८ मा रहेको जग्गाको रामग्राम नगरपालिकामा सुनारले एकिकृत सम्पत्ति कर बुझाउने क्रममा नगरपालिकाको कर्मचारीले तिनि माथि शंका गर्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि सुनार लाई नियन्त्रणमा लिएको थियो ।

यसरी घटनको अनुसन्धान गर्दै जाँदा प्रहरीले सुनार लाई अदालत पठएको थियो । अदालतले काग्जी प्रमाण हेर्दा निज किर्ते नै गरेको ठहर गर्दे सुनारलाई ३७ लाख ७० हजार बराबरको धरौटी जरिवाना सुनाएको जिल्ला प्रहरी कार्यालय नवलवरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराउनु भएको छ । उक्त धरौटि निज सुनारले दिन नसकेपछि आजै तिनलाई करागार चलान गरीएको थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *