छठको पुजा र मेला सुरु (फोटोफिचर)

परासी, कात्र्तिक १६ ।
नवलपरासीमा छठ पुजाका लागि श्रद्धालु भक्तजनहरुको स्थानीय जलाशयमा घुइँचो लागेको थियो । अस्ताउदो सुर्यलाई विधि पुर्वक पुज्नका लागि भक्तजनहरुले आफन्त सहित जलाशय पुगेका थिए ।


मधेसी र पहाडी समुदायबिच सद्भाव बढाउदै छठ पर्व
छठ पुजाको अवसरमा नलपरासीको सदरमुकाम परासीमा भब्य मेलाको आयोजना समेत गरिएको छ । विशेष गरि तराईमा मनाईने छठ पर्व नवलपरासीमा समाजिक सदभाव र राष्टिय एकताको पर्व बन्दै गएको छ । जिल्लामा मधेसी र पहाडी समुदायको मिस्रित बस्ती छ । पछिल्लो समय छठ पर्व मधेसी समुदाय र पहाडी समुदायका मानिसहरुले एकजुट मनाउने गरेकाले समाजिक सदभाव समेत बढको छ । मधेसी समुदाय र पहाडी समुदाय दुबैले यो पर्वलाई आत्मसाथ गरेपछि समाजिक सदभाव र राष्ट्रिय एकता बढेसँगै पर्वप्रतिको आस्था समेत बढेको स्थानियहरु ले बताएका छन् ।


खास गरि महिलाहरुले यो पर्वलाई विशेह हर्ष उल्लासका साथ मनाएपनि अहिले छठ पर्वमा पुरुषले समेत ब्रत बस्ने गरेको र पुजन कार्य महिलाहरुलाई सघाउने गरेका छन् । छठ पर्वलाई थप आकर्षक बनाउन नवलपरासीको सदरमुकाम परासीमा भब्य मेलाको आयोजना समेत गर्ने गरिएको छ । यँहा भारतको उत्तर प्रदेश, नेपालको नवलपरासी, रुपन्देही र कपिलबस्तुबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।


छठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । आज अस्ताउँदो सुर्य अर्घ दिए पछि श्रद्धालु भक्तालुहरु घर फर्केका छन् । भोली फेरी त्यही ठाँउमा विहानै देखि पुजाअर्चनाको लागि भिडभाड हुनेछ् । भोलि उदाँउदो सुर्यको अर्घ दिएपछि छठ पर्व सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *