चेक बाउन्स भएपछि समातिए ग्रेटर नेपालका अध्यक्ष नेपाल

काठमाडौं, बैशाख १०– ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेको छ । गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । 

नेपालले न्यौपानेलाई तिर्नुपर्ने ६ लाख पटक पटकको ताकेतापछि चेकमार्फत दिएको भएपनि बाउन्स भएपछि प्रहरीकहाँ पुगेकाे बताइएकाे छ । 

गौशालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच नेपालले न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । 

‘मैले नरेश कुमार न्यौपाने नामक घरधनीलाई घरभाडा बापत रू ६००००० को चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा छ लाख नगद रकम बुझी आज चेक ल्याउन बिर्सिएँ , भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’ 

पैसा लिइसकेपछि न्यौपानेसँग चेक पटकपटक फिर्ता माग्दा नदिएर अहिले  चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेलको नेपालले आरोप लगाएका छन् । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *