चिसापानी सामुदायिक वनका उद्यमीमहिलाहरु जडिबुटि खेतीतर्फ आकर्षित

पश्चिम नवलपरासीको चिसापानी सामुदायिक वनले जडिबुटी उद्योग स्थापना गरी प्रशोधीत सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिलाहरु जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् ।
यसले जुडिबुटी खेतीको विस्तार भएको छ भने महिलाहरुको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । यो सुगन्धित तेल कस्मेटीक तथा अन्य जडिबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।
चिसापानी सामुदायिक वन अन्र्तगत स्थापना भएको चिसापानी सामुदायिक जडिबुटी प्रशोधन उद्योगले कच्चा तेल उत्पादन गरी विदेश पठाउने गरेको छ । उद्योगले सुगन्धित तेल उत्पादन गरी विदेश पठाउने गर्दा जडिबुटीको माग बढ्दै जान थालेपछि यहाँका महिलाहरु जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । 
जङ्गलमा खाली रहेको जग्गामा व्यावसायिक रुपमा जडिबुटी खेती गरेर २६५ महिलाहरुले आयआर्जन गरी रोजगारी पाईरहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङ बताउनुभयो ।
जिल्लाका ६ वटा सामुदायिक वनमा महिलाहरुले समूह बनाएर जुडिबुटी खेती गरिरहेका छन्, लेमनग्रास, तामारोजर, मिटानेला, मेन्था, पचौली, जटामसी लगायतको प्रशोधन हुने भएकोले महिलाहरुले त्यही खेती गरेर राम्रो आम्दानी गरिरहेको उहाँले बताउनुभयो । 
अध्यक्ष गुरुङका अनुसार चिसापानी सामुदायिक वनमा १५, पारिजात सामुदायिक वन बर्दघाटमा २२, दाउन्नेदेवी सामुदायिक वनमा ३३, सितापोखरी सामुदायिक वनमा ६५, संसारकोट हरियाली सामुदायिक वनमा २७ र जनउदय सामुदायिक वन सुनवलमा २५ जना महिलाले समूहमा जडिबुटी खेती गरिरहेका छन् ।
एक पटक लगाएपछि पाँच वर्षसम्म त्यसबाट उत्पादन लिन पाईने भएकोले अधिकांश महिलाहरुले भने बहुवर्षे लेमनग्रासको खेती गरेका छन् । जडिबुटी खेतीबाट १८ हजारको दरले महिलाहरुले आम्दानी गरिरहेको लालिगुराँस जडिबुटी कृषक समूहले जनाएको छ। यो समूहले जटामसीको खेती गरिरहेको छ ।
उत्पादन भएपछि व्यापारी आएर किन्ने र तत्कालै नगद पाईने भएकोले महिलालाई रोजगारी समेत मिलेको छ । चिसापानी सामुदायिक वनमा उद्योग स्थापना भएपनि सुगन्धित तेलको उत्पादन गरी निकासी गर्ने काम भने दोलखाको हिमालय वायो टे«ड लिमिटेड र काठमाण्डौँको एभरेष्ट एरोमा प्रा.लि.ले गर्दै आएको छ ।
विसं. २०६८ सालमा स्थापना गरिएको उक्त उद्योगको सुगन्धित तेल बुटवलस्थित ह्रिवल डिर्टजेन्ट पाउडर उद्योगले पनि लैजाने गरेको छ । उत्पादीत कच्चा तेल किन्न व्यापारीहरु उद्योगमै आउने गरेका छन् ।
उद्योगमा सामुदायिक वनको रु १६ लाख लागतको आफ्नै एउटा भेसल र चौैधरी वाईसिज, डब्लुसीएनको सहयोगमा पाएको रु २२ लाख लागतको आधुनिक मोवाईल भेसलबाट तेल उत्पादन हुने गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष कमल परियारका अनुसार उक्त उद्योगबाट वार्षिक डेढ क्वीन्टल भन्दा बढी कच्चा तेल उत्पादन हुने गरेको छ । बजार पनि राम्रो रहेको, जङ्गलमा खेर गईरहेको जडिबुटीको उपयोग भएको, महिलाहरुले रोजगारी पाएकोे तथा अनावश्यक समयको सदुपयोग भएकोले यस किसिमका उद्योगलाई थप प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । साभारः रेडियाे परासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *