गच्छेदार द्धारा शिलान्यास पुलको ९ वर्ष भयो,सम्पन्न भएन निमार्ण कार्य

परासी, चैत्र २५ ।पश्चिम नवलपरासीको बडसारमा रहेको एक पुलको ९ वर्ष वित्न लागे पनि त्यसको निमार्ण कार्य सम्पन्न भएको छैन । सरावल गाउपालिका वाड नं. ४ बडसारेमा झरही खोलामा निमार्ण भईरहेको उक्त पुल समयमा नबन्दा स्थानिय सास्ती खेप्नु परेको छ ।

Nagrikpath.com
पुलको शिलान्यास पछि स्थानियमा खुशियालि छाएको थियो तर अहिले सम्म सम्पन्न नहुदा स्थानिय निराश भएका छन् । त्यँहाका स्थानियहरु गाँउ बाहिर जानलाई जाडो तथा शुख्खा मौसम जसोतसो नदि पार गर्न मिले पनि वर्षातको मौसम घुमेर लामो बाटोको यात्रा गर्नुपर्छ । यो पुलको शिलान्यास २०६६ सालका तत्कालिन भौतिक योजना तथा निमार्ण मन्त्री विजय कुमार गच्छेदारले गर्नु भएको थियो ।
Nagrikpath.com

नवलपरासीको पुर्व पश्चिम राजर्माग ( हाईवे ) भुताहादेखि सिमावर्ती महेशपुर जोड्ने मुख्य सडकखण्डमा पर्ने उक्त पुलको निमार्ण कार्य ३ वर्ष भित्र सक्नु पर्ने थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सट्रक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ वर्ष भित्र निर्माण गर्नको लागि जिम्म लिईपनि हाल सम्म निमार्ण हुन सकेको छैन् । सुरुमा बिल्डर्स कम्पनीलाई ठेक्का लिएपनि निमार्ण कार्य समयमा सम्पन्न र्न नकेपछि शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई दिईयो यो पनि काम गर्न नसकेपछि लुम्विनी बिल्र्डसलाई ठेक्का दिईएको छ । यसरी दुई वटा ठेकेदार कम्पनी फेरीएपछि अहिले भने काम सुरु भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

यस झरही खोलामा पुल समयमा नबने पछि वर्षातको मौसमा विद्यार्थिहरु पढाई बाट समेत बञ्चित हुने गरेको स्थानिय अब्दुल रज्जाकले बताएका छन् । अन्य मौसम खोला तर्न सजिलो भएपनि वर्षतको मौसममा ज्यानको जोेखिम लिई कोइ कोइ मात्रै ढुङ्ग चढेर नदि पार गर्ने गरेको रज्जाकले भन्नु भयो । वर्षातको मौसम लागे देखि यो बाटो कमै मात्रामा चल्ने गरेको उनले भनेको हो । त्यस्तै यो पुल नबन्दा यो बाटोमा ठुलो भारी वाहन तथा यातायात समेत नचेलेको रज्जाकले भनेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *