कुस्तीको प्रथम उपाधि हरीयाणाको अमित पहलवान जिते


परासी, फागुन ९ ।
मधेशमा पश्चिलो समयमा कुस्ती प्रतियोगित अकर्षक खेल बनेको छ । खास गरेर तराईको सिमावर्ती जिल्लाहरु तथा क्षेत्रमाहरुमा कुस्तीलाई बढो धुमधामको साथ गराईदै आइएको छ ।


यस्तै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका को वार्ड नं. १४ हकुईमा पनि अन्तराष्ट्रिय कुस्ती सम्पन्न भएको छ । मधेशको विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मध्ये कुस्तीलाई विशेष महत्व दिई प्रजातन्त्र दिवसको अवसर पारेर हकुईमा अन्तराष्ट्रि विराट दंगल कुस्ती सम्पन्न गरीएको छ । प्रथम पुरस्कार १ लाख ७५ हजार बराबरको भएको कुस्ती प्रतियोगितामा भारत रेलवय विभागका सब ईन्सपेक्टर अमित पहलवान र उनको प्रतिद्धन्दमा दिल्लीका कार्तिके पहलवान भिडेका थिए जस्मा अमित पहलवान प्रथम उपाधि हाथ पार्न सफल भएका हुन् । यस्तै द्धितिय पुरस्कार १ लाखको लागि पन्जाबका बग्गा पहलवान र उनको प्रतिद्धन्दमा पडरौनाका बच्चन पहलवान भिडेका थिए जस्मा बग्गा पहलवान विजयी भएका हुन

त्यस्तै तृतिय पुरस्कार ७५ हजारको लागि पन्जाबका काला पहलवाान र प्रतिद्धन्दी पडरौनाका रामदेव पहलवान भिडेका थिए जस्मा काला पहलवान तृतिय उपाधी हासिल पार्न सफल भएका हुन् ।

यस अन्तराष्ट्रिय कुस्ती प्रतियोगितमा महिलाहरुको पनि कुस्ती भएको थियो । महिला कुस्तीमा नेपालको विरगंज वाट कुस्ती प्रतियोगितमा भाग लिन आएकी सिवांगी पहलवानले भारत का विभिन्न ठाँउ बाट आएकी महिला पहलवानहरु लाई पछार्दै उत्कृष्ट महिला कुस्तीको प्रर्दशनमा मा समानित भएकीछिन् । यस कुस्तीमा नेपाल र भारत गरी करीब ३०० कुस्तीवादले भाग लिएका थिए । प्रतियोगितामा भारतको पञ्जाव, गोरखपुर, दिल्ली, पडरौना, गोरखपुर नेपालको विरगंज लगायतका स्थानका पुरुष र महिला पहलवानको सहभागिता रहेको अन्तराष्ट्रिय विराट दंगल कुस्ती व्यवस्थापन समितिका संयोजक दिपेन्द्र यादवले बताउनु भएको छ । मधेशको महत्वपुर्ण खेल कुस्ती प्रतियोगिता केही समय पहिला हराएको भएपनि पछिल्लो समय यस खेलमा आकर्षण बढेकोले जोगाई राख्न तथा निरन्तरता दिनको लागि यो कुस्ती प्रतियोगिता गराईएको संयोजक यादवले बताउनु भयो ।
फागुन ७ गते देखि शुरु भएको यो कुस्ती प्रतियोगित दुईदिन सम्म चलेको जस्मा १० लाख बराबरको खर्च भएको यादवले भन्नु भएको छ । यस कुस्तीमा भाग लिन आएका पहलवानहरु को लागि नगद पुरस्कार, बास खर्च, यतायात खर्च र जिन्सी पुरस्कारको समेत व्यवस्था गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *