फाइल तस्बिर

ओली–प्रचण्डसँग बालुवाटारमा सांसदहरुको पालैपालो छलफल

काठमाडौँ बैशाख १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणबारे भइरहेका कामकारवाहीबारे पार्टीका सांसदहरुसँग छलफल गरेका छन् । छलफल बिहान १० बजेदेखि बालुवाटारमा भइरहेको छ ।

अहिलेसम्म प्रदेश सातका सांसदहरुसँगको छलफल सकेर प्रदेश एकका संघीय सांसदहरुसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश १ पछि प्रदेश ३ का सांसदहरुसँग छलफल गर्ने समय तय गरिएको छ । काठमाडौँमा उपलब्ध भएसम्म सबै प्रदेशका सांसदहरुलाई छलफलमा बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । छलफल प्रदेशअनुसार पालैपालो भइरहेको बताइएको छ ।

कोरोेनासंक्रमण र लकडाउनका कारण तत्काल संसदीय दलको बैठक बस्न नसक्ने भएपछि सांसदहरुसँग छलफलको आयोजना गरिएको नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *