एसईई लाई आन्तरीक मुल्यांकन बाटै ग्रेड निधारण गर्ने प्यब्सनकाे सरकार संग आग्रह

काठमान्डाैं, बैशाख २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई आन्तरीक मुल्यांकन बाटै ग्रेड निधारण गर्ने तयारी प्याब्सन ले गरीरहेको छ । कोरोनाको महामारीले गर्दा एसर्ईईको परीक्षा हुन नसक्ने सम्भावना देखिएकोले आन्तरीक मुल्याकंन बाटै ग्रेडिङ्ग गर्न निजि तथा आवासीय विद्यालय अर्गनाईजेन नेपाल (प्याब्सन) ले सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्ती अनलाइन खबर बाट

प्याब्सन केन्द्रीय समितिले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयहरुले गरेको आन्तरीक मूल्याकंनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त मानेको छ । यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग प्यब्सनले सरकारलाई आग्रह गरेको छ । ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्यब्सनको सुझाव छ ।

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *