उ.वा. महासंघ प्रदेश अध्यक्ष तिवारीद्धारा सुरक्षा निकाय, पत्रकार र एम्बलेन्स चालकलाई स्वास्थ्य सामाग्रि प्रदान (फाटाेफिचर)

परासी, बैशाख १४ ।
उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले पश्चिम नवलपरासीका सुरक्षाकर्मि, पत्रकार र एम्बुलेन्स चालकका लागी स्वास्थ्य सुरक्षाका समाग्रि हस्तान्तरण गर्नुभएको छ ।

तिवारीले कोरोना संक्रमण विरुद्धको लडाईमा आहोरात्र घटिने सुरक्षा निकाय, पत्रकार र एम्बुलेन्स चालक लाई मास्क, पन्जा र सेनिटाईजर वितरण गर्नु भएको छ । उँहाले महासंघको तर्फदेखि ९ हजार बढि मास्क, साढे आठ सय पिस पन्जा र ४० लिटर सेनेटाईजर प्रदान गर्नुभएको छ ।

नेपाल प्रहरीका लागि २ हजार थान मास्क, २ सय थान पन्जा र २० लिटर सेनटाईजर प्रहरी उपरिक्षक लालमणी आचार्यलाई हस्तान्तरण गर्नु भएको छ भने शसस्त्र प्रहरीको लागी ३ हजार थान मास्क, २० लिटर सनेटाईजर र ३ सय थान मास्क शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरिक्षक भरत खनियाँलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै नेपाली सेनाको परासी स्थीत बज्रदल गणका लागी महासंघको तर्फदेखि तिवारीले २ हजार थान मास्क २ सय थान पन्जा उपलब्ध गराउनु भएको छ ।

यसै विच कोरोनाको लडाई विरुद्धमा पत्रकारले पनि अग्रपंक्तिमा रहेर कलम चलाउने भएकोले महासंघका लागी १ हजार थान मास्क, एक सय थान पन्जा र ७५ थान प्रेस ज्याकेट उपलब्ध गराउनुभएको छ । तर उहाँले प्रदान गर्नुभएको प्रेस ज्याकेट भने आफ्नो व्यक्तिगत लगानिा दिनु भएको छ । यस्तै एम्बुलेन्स चालकका लागी ३ सय थान मास्क र ५० थान पन्जा संयुक्त एम्बलेन्स चालक संघका अध्यक्ष कृष्ण सहानीलाई हस्तान्तरण गरिएको छ ।

बायाँ उ.वा. प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारी

तिवारीले यो प्रदान गरीएको स्वास्थ्य समाग्री उ.वा. का साथीहरुको सहयोगमा प्रदान गरीएको बताउनु भएको छ । यस्तो संकटको समयमा सुरक्षा निकाय, पत्रकार र एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध नरहेकोले हामि व्यवसायिक साथिहरुको सहकार्य र सहयोगमा मात्र उपलब्ध गराउन सकिएको भन्नु भयो । यस्तो संकटको समयमा देश र जनताको लागि यो सब प्रदान गर्नु भनेको हाम्रो समाजिक कर्तव्य रहेको उहाँले भन्नु भयो । पछि पनि आवश्यक परे हामि यस्को लागि फेरी पनि पहल गर्ने छौँ भन्ने कुरा उहाँले मन्तव्यको क्रममा भन्नु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले संकटको समयमा उद्योग बाणिज्य महासंघले खेलेको भुमिका सह्रानिय रहेको भन्नु भएको छ । उहाँले पत्रकारहरु ले कोरोना विरुद्धको लडाईमा स्वास्थ्य क्षेत्रलाई उद्धत गर्दै कसरी बाँच्ने र लक डाउनलाई पाल्ना गर्नु आवश्यक भन्ने बारे विशेष कलम चलाउन आवश्यक रहेको समेत भन्नु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक शिवशंखर रायले खुल्ला सिमानाकाको कारणले हामि नवलपरासी बासी उच्च जोखिममा रहेको भन्नु भएको छ । खुल्ला सिमानाका भएकै कारण लुकिछुपि सिमा वारपार गर्ने कामले यहाँ उच्च जोखिम रहेको भन्नु भएको छ । पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले पत्रकारले पनि यो संकटको समयमा चुनौति समाना गरेर रिपोर्टिङ्ग गरिरहेको दृष्टान्त प्रस्तुत गर्दे पत्रकारहरुलाई उपलब्ध गराईएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले व्यवसायीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दे संकटको यो समयमा गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

पत्रकार महासंघलाई उपलब्ध गराईएको सुरक्षाका स्वास्थय सामाग्री र प्रेस ज्याकेट महासंघमा आवद्ध सदस्य र जिल्लाका क्रियाशिल पत्रकारलाई उपलब्ध गराईने पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *