उद्योगी अग्रहरीद्धारा अपाङ्गलाई खाद्यन्न सहयोग

परासी, १९ बैशाख ः परासीका उद्योगी नगेन्द्र अग्रहरीले रामग्राम नगर क्षेत्रका अपाङ्गहरुलाई खाद्यन्न वितरण गरेका छन् ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका उद्योगी अग्रहरीले नव जिवन अपाङ्ग नगर समितिका अपाङ्गहरुलाई चामल र चिउरा उपलब्ध गराएका हुन् । २५ जना अपाङ्गहरुलाई वितरण गरिएको सामाग्रीमा जनही १० केजी चामल र ५ केजी चिउरा छ । आरती एग्रो इन्डष्ट्रिज प्रालिका सञ्चालक अग्रहरीले यसअघि लकडाउनका कारण प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले सुनवल नगरपालिकाको कोषमा १ लाख २० हजार र उद्योग वाणिज्य संघको कोषमा ५१ हजार नगद उपलब्ध गराएका थिए ।

अग्रहरीले आफ्नो घरमा भाडामा बस्दै आएका ५ जनालाई दुई महिनाको घर भाडासमेत छुट दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *