आलीको प्रस्ताव ः बामदेव प्रधान मन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

काठमान्डौं, बैशाख १७ ।
प्रधान मन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतम लाई प्रधान मन्त्री र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।

कोरोना भाईरसको महामारी सकिएपछि गौतम प्रधान मन्त्री र नेपाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बनाउने पार्टिको सचिवालय बैठकमा प्रस्ताव अगाडि सारेका हुन् । नेकपामा केहीदिन देखि चलिरहेको आन्तरीक विवादले गर्दा यस्तो प्रस्ताव अगाडि ओलिले सारेका छन् । उनलाई पार्टि भित्रै असहज वातावरण खडा भएपछि आफ्नो विकल्पमा बामदेव गौतम र माधव नेपाललाई प्रस्ताव गरेका छन् ।

हिजो साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड आफ्नो कुरा बोल्न नपाउँदै ओलीले गौतम र नेपालको प्रस्ताव राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *