आन्तराष्ट्रि महिला दिवसको अवसरमा गाउपालिका स्तरीय चित्रकला प्रतियोगिता

परासी, फाल्गुन २६ ।
पाल्हीनन्दन गाउपालिकामा गाउपालिका स्तरी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११०औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता सम्पन्न गरीएको हो ।

गाउपालिका स्तरीय भएको चित्रकला प्रतियोगितामा सरस्वती विद्या मन्दिर हर्पुरकी छात्रा निशा सहानी प्रथम भएकी हुन । यस्तै द्धतिय स्थानमा हरपुर मावि हरपुर का छात्र टेक बहादुर प्रजापती र तृतिया स्थानमा न्यु सनराईज इङ्गलिस स्कुल महेशपुरकी छात्रा मितालि निगम रहेका छन् ।

“समानताको पुस्ताः अन्तय गरौं हिंसा, विभेद र असमानता” भन्ने मुल नाराको साथ गरीएको चित्रकला प्रतियोगिताका प्रमुख अतिथि पाल्हीनन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ताले महिला पुरुष समान रहेको बताउनु भएको छ । यस्ता चित्रकलाहरु ले विद्यार्थीहरु को मनोबल बढने भन्नु भएको छ । माहुरी होम द्धारा सञ्चालित सहज परीयोजना अन्तर्गत पाल्हीनन्दन गाउपालिका भरी रहेका विद्यालयहरु लाई प्रतियोगितामा भाग लिनको लागि अहवान गरीएको थियो । जस्मा १० वटा विद्यालयहरु र २ वटा सम्बाद केन्द्र गरी १२ जना प्रतिस्पर्धी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *