आत्म निर्भर बनाउन प्राविधिक शिक्षा आवश्यक मन्त्रीः बराल


परासी, चैत्र ४ ।
पश्चिम नवपलरासीको सुनवल नगरपालिका मा दलित तथा गरीब युवायुवतीहरु लाई आत्म निर्भर बनाउनको लागि निशुल्क सवारी चालक तालिम सञ्चालन गरीएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल द्धारा आज उद्घाटन गराई आज देखि निशुल्क सवारी चालक तालिम शुरु भएको छ ।


सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रिको अध्यक्ष्तामा भएको कार्यक्रका प्रमुख अतिथि प्रदेश ५ का समाजिक विकास मन्त्रि सुदर्शन बरालले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी अगाडी बढन सुझाव दिएका छन् । भौतिक पुर्वाधार संगै शैक्षिक गुणस्तरलाई प्राथमिकतमा राखी प्राविधिक शिक्षालाई पनि अगाडि बढाउनु पर्ने आवश्यकता रहेको उहाँले भन्नु भएको छ । युवायुवतिहरु आत्म निर्भर बनाउन सके मात्र देश समृद्ध हुन सक्ने उहाँले बताउनु भएको छ । महाकवि देवकोटा मावि अन्तर्गत संचालित प्राविधिक शिक्षालय (टेक्स) को आयोजना तथा सुनवल नगरपालकाको आर्थिक सहयोगमा एक सय दलित युवायुवतीहरु लाई ३ महिने निशुल्क हलुका सवारी चालक तालिम कार्यक्रमको समुद्दघाटन गर्न पुगेको मन्त्री बरालले श्रम शक्तिलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्न आवश्यक रहेको बताउनु भएको छ । मन्त्री बरालले भने, सुनवल नगरपालिकाले सुनवल नगरलाई शैक्षिक हब बनाउने योजनामा अगाडी रहेको कुरा लाई “म” अरु जिल्लाहरुमा उदाहरण समेत दिदै आएको बताउनु भएको छ । यस नगरपालिकाले सुनवल लाई शैक्षिक हब बनाउन निकै प्रशंसनिय कार्य गरीरहेको ले आर्थिक र भौतिक सहयोग गर्न प्रदेश सरकार संग पहल गर्ने जानकारी दिए । मन्त्री बरालले परम्परागत शिक्षा संग संगै प्राविधिक शिक्षालाई पनि अगाडी बढाउदै लैजान नगरपालिकालाई सुझाव दिए ।


कार्यक्रममा नगरपालिका प्रमुख भरत थापाले सुनवल नगरपालिकामा रहेको गरिब तथा जेहेन्दार १ सय जना दलित युवायुवतीहरुलाई सवारी चालक तालिम प्रदान गरि ति युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । यस प्राविधिक शिक्षालयमा अटोमोबाईल्स सम्बन्धि प्राविधिक शिक्षा लिन हाल २४ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस शिक्षालयले अहिलेसम्म ७५३ जना विद्यार्थीहरुलाई अटोमोबाईल्स सम्बन्धित दक्ष मेकानिकको रुपमा उत्पादन गरिसकेको र सबैले रोजगार समेत गरिरहेको महाकवि देवकोटा माविको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । उनले, यस तालिमले अबका दिनमा सवारी चालक शिक्षालाई पनि निरन्तरता दिईने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *